मदन पुरस्कारका लागि छनोटमा परेका पुस्तकका लेखकलाई प्रधानमन्त्रीको बधाई
barnanmedia.com · Tue Jul 23 22:44:11 UTC 2024

काठमाडौँ, ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मदन पुरस्कार २०८०’ का लागि छनोटमा परेका पुस्तकका लेखकलाई बधाई दिनुभएको छ ।
सामाजिक सञ्जालमा आज उहाँले मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा परेका सबै पुस्तकका लेखकलाई बधाई दिँदै पुस्तक पढ्ने बानी बसाल्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पुरस्कारका लागि छनोटमा परेकामध्ये मुकाम रणमैदान पुस्कक आफूले पढेको र अरु पुस्तक पढ्न बाँकी रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)