पर्यटकीय क्षेत्र सोलेडाँडामा निर्माण गरियो ‘जडीबुटी पार्क
gorkhapatraonline.com · Sun May 24 01:35:54 GMT 2026

बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा जडीबुटी पार्क निर्माण गरिएको छ । जडीबुटी खेतीका लागि उपयुक्त रहको हुँदा गाउँपालिकाले सोलेडाँडाको करिब ७ रोपनी क्षेत्रफलमा जडीबुटीको विरुवा लगाएको हो ।
प्राकृतिक सुन्दरताले भरिएको सोलेडाँडामा गाउँपालिकाले पर्यटकीय पूर्वधारसँगै जडीबुटीको अनुसन्धान र पर्यटक आकर्षण गर्नका लागि पार्क बनाएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो । समुन्द्री सतहदेखि करिब दुई हजार ६३० मिटरको उचाइमा रहेको सोलेडाँडामा जडीबुटी राम्रो उत्पादन हुने उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)