श्रेयसको शतकले पन्जाबको जित, लखनउको हार
himalpress.com · Sun May 24 01:36:27 GMT 2026

काठमाडौँ- कप्तान श्रेयस अय्यरले शानदार शतक प्रहार गरेपछि पन्जाब किङ्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको छ। लखनउले दिएको १९७ रनको लक्ष्य पन्जाबले १८ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। कप्तान श्रेयसले विजयी छक्का प्रहार गर्दै शतक पनि पूरा गरे। उनी ५१ बलमा १०१ रनमा अविजित रहे।
प्रभसिमरन सिंहले ६९ रन बनाए। कूपर कोनोलीले १८ रन बनाउँदा सुर्यांश शेड्गे ९ रनमा अविजित रहे। लखनउका मोहम्मद शामीले २ विकेट लिँदा अर्जुन तेन्दुल्करले १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । ओपनर जोश इङ्लिसले सर्वाधिक ७२ रन बनाए। आयुष बदोनीले ४३ रन बनाउँदा अब्दुल समद ३७ रनमा अविजित रहे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)