विद्युतमा आत्मनिर्भर बागमति प्रदेश
ajakoartha.com · Wed Jul 08 06:57:00 GMT 2026

काठमाडौं - जलविद्युत् उत्पादनको इतिहास ११५ वर्ष पुरानो छ । वि.सं. १९६८ सालमा फर्पिङ जलविद्युत् आयोजना सञ्चालन भएपछि सुरु भएको नेपालको विद्युत् विस्तार पछिल्लो समय निरन्तर बढ्दै गएको छ। त्यसमा पनि बागमती प्रदेश देशको विद्युत् उत्पादन, प्रसारण र उपभोगका दृष्टिले सबैभन्दा अगाडि छ।
नेपालको कुल विद्युत् उत्पादन क्षमताको करिब ४५ प्रतिशत योगदान बागमती प्रदेशले मात्र दिएको बागमती प्रदेशको आर्थिक सर्वेक्षण २०८१÷८२ को रिपोर्टले देखाएको छ। बागमती प्रदेशमा नेपाल विद्युत् प्राधिकरण, सार्वजनिक सहायक कम्पनी तथा स्वतन्त्र विद्युत् उत्पादकमार्फत सञ्चालित ठूला–साना आयोजना सञ्चालनमा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)