राष्ट्रियता रक्षा गर्न वामपन्थी एकता आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ
thahakhabar.com

चितवन : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियताको रक्षाका लागि वामपन्थी एकताको आवश्यकता रहेको बताएका छन्।
स्व भुवानीप्रसाद पौडेलको सातौँ स्मृति दिवसका अवसरमा चितवनको माडीमा आज आयोजित फुटबल प्रतियोगिताको समापन समारोहमा उनले रूपान्तरण र राजनीतिक परिवर्तनलाई पूर्णताका लागि वामपन्थी एकताको आवश्यकता रहेको बताए। उपप्रधानमन्त्री श्रेष्ठले कम्युनिष्ट पार्टीबीचको एकता तल्लो तहसम्म पुग्नु आवश्यक रहेकामा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)