सातदोबाटोकाे पौडी पोखरी सर्वसाधारणका लागि खुल्ने
baahrakhari.com · Tue Apr 26 18:00:00 GMT 2022
काठमाडाैं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेकाे पौडी पोखरी सर्वसाधारणका लागि बुधवारदेखि खुल्ने भएको छ । मर्मत सम्भार, कोभिड लगायत कारणले बन्द रहेकाे पाैडी पाेखरी चार वर्षपछि सर्वसाधारणका लागि खुल्न लागेको हो ।
पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका प्रमुख देवराज कटुवालले बताए । बिहान १० देखि १२, दिउँसाे १ देखि ३ र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म गरी तीन अवधिमा पाैडी पाेखरी सञ्चालन गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)