अध्यागमनमा डिजिटल सुधार
gorkhapatraonline.com · Sun May 24 01:51:06 GMT 2026

काठमाडौँ, जेठ १० गते । अध्यागमन विभागले सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘डिजिटल टाइम कार्ड’ (डिटिसी) प्रणाली कार्यान्वयनमा ल्याएको छ । सरकारले १३ चैतमा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सयबुँदे कार्यव्रmमको २३ औँ बुँदामा सार्वजनिक सेवाका प्रव्रिmयालाई डिजिटल, ट्र्याकिङयोग्य र पारदर्शी बनाउने उल्लेख गरिएको थियो ।
सोही योजना अनुसार विभागले अध्यागमन सेवामा डिजिटल प्रविधि विस्तार गर्दै डिजिटल टाइम कार्ड प्रणाली लागु गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)