एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी
ratopati.com · Fri Jun 26 22:12:22 GMT 2026

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकस्थित टपरी एग्रोकी प्रबन्ध सञ्चालक जमुना आचार्य जलजला गाउँपालिकाको सर्वोत्कृष्ट उद्यमी घोषित भएकी छन् ।
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखि उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत शुक्रबार गाउँपालिकाको कार्यालय लामाखेतमा आयोजित लगानी प्रस्तुतीकरण कार्यक्रममा उत्कृष्ट अंक प्राप्त गरेपछि आचार्यलाई नगद रु. एक लाख ५० हजारसहित सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)