सुन्तलाबाट एउटै गाउँमा भित्रियो एक करोड रुपैयाँ
ekantipur.com · Thu Dec 28 16:52:25 GMT 2023
गोरखा — ४० रोपनी क्षेत्रफलमा हुर्काएका आठ सय बोटमा फलेका सुन्तला गोरखा नगरपालिका–१४ का सन्तोष थापाले १४ लाख रुपैयाँमा बिक्री गरे । असोज पहिलो साता बगैंचामा पुगेका ठेकेदारले बैना गर्दै खरिदको जिम्मा लिएपछि सन्तोषलाई उत्पादित सुन्तला बजार पुर्याउने पिरलो पनि रहेन ।
ठेकेदारले बगैंचाको सुन्तला टिप्दै गर्दा सन्तोष यतिखेर बोटको काटँछाट सँगै मलखाद व्यवस्थापनमा जुटिरहेका छन् । यस वर्ष उनको बगैंचाको एउटै बोटबाट ३० हजार रुपैयाँसम्मको सुन्तला फलेको छ । ‘यो बगैंचामा २८/३० वर्षका पुराना रुख पनि छन्, पुरानो एउटै बोटमा १५ क्यारेटसम्म फल्यो, एक क्यारेटको १५ सय रुपैयाँले बिक्री गर्दा पनि ३० हजार हुँदो रहेछ,’ उनले भने,‘केही मझौला र करिब डेड सय बोट हुर्किरहेका छन्, अब आउने साल सुन्तला पनि धेरै फल्छ, मूल्य पनि धेरै पाउँछौ ।’ यस क्षेत्रमा उत्पादित सुन्तला काठमाडौंको कालिमाटी पुर्याएर बिक्री गरिँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)