मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘वितरणमुखी योजना सँगै बाँडौंला, सँगै भोट मागौंला’

ekantipur.com · Sat Jun 04 01:00:46 GMT 2022

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई महत्त्वाकांक्षी, चुनावलक्षित र वितरणमुखी नरहेको दाबी गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे संसद्मा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले बजेट महत्त्वाकांक्षी नभई वास्तविक रहेको र चुनावलाई लक्षित गरेर ल्याइएका योजना तथा कार्यक्रम सरकारको अनिवार्य दायित्व रहेको प्रस्ट्याएका हुन् ।

‘जनतालाई केही बाँडेर भोट माग्ने मानसिकता राखिएको छैन । यसमा कुनै भोटको कुरा छैन,’ विद्युतीय चुलो बाँड्ने बजेटको योजनाको उदाहरण दिँदै शर्माले भने, ‘ चुनाव हेरेर बाँड्न लागेको भन्ने लाग्छ भने सँगै बाँड्न जाऔंला, सँगै भोट मागौंला ।’ संविधानले निश्चित समयका लागि मात्रै बजेट ल्याउने व्यवस्था नगरेको र वार्षिक रूपमै ल्याउनुपर्ने भएकाले पूर्ण आकारको बजेट ल्याइएको उनको भनाइ छ । ‘चुनाव वा अरू केही भनेर यति–उति महिनाका लागि मात्रै बजेट भन्ने पनि हुन्छ र ? बजेट त वार्षिक रूपमा नै ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानमा ५ वा ७ महिनाका लागि लेखेको भए त्यसै गर्न हुन्थ्यो,’ प्रदेश र राष्ट्रिय सभाको चुनाव तोकिएको समयमै हुने र त्यसलाई पर्याप्त बजेट छुट्याइएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)