मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्राध्यापक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

barnanmedia.com · Tue Jul 23 23:15:49 UTC 2024

काठमाडौँ, ८ साउन : पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्राध्यापक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । बल्खुस्थित केन्द्रीय विभागको समन्वयमा स्टार अस्पतालका डा तथा नर्सहरुको टोलीले प्राध्यापक तथा विभागका अध्ययनरत विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

अस्पतालका अनुभवी चिकित्सकले रक्तचाप, मधुमेह, गाइनो लगायतको निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन् । विभागीय प्रमुख डा कुन्दन अर्यालले विद्यार्थीलाई शिक्षणसँगै अन्य रचनात्मक कार्यमा सहभागी गराउने उद्देश्यले स्टार अस्पतालको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा विभागले विद्यार्थीका लागि अन्य रचनात्मक क्रियाकलाप गर्दै जाने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)