सुदूरपश्चिममा सशस्त्र प्रहरीद्वारा विपद् उद्धार बेस स्थापना
ratopati.com · Mon May 04 18:42:27 GMT 2026

महेन्द्रनगर । सुदूरपश्चिममा सशस्त्र प्रहरी बलले विपद् उद्धार बेस स्थापना गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयले सुदूरपश्चिमका विभिन्न जिल्लामा विपद् उद्धार बेस स्थापना गरेको जनाएको छ । आसन्न मनसुनलाई मध्यनजर गरी सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि थप विपद् सुरक्षा बेस एवं मनसुन प्रतिकार्य टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयका निमित्त बाहिनी पति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)