राप्तीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु
baahrakhari.com · Sat Jun 08 16:56:46 UTC 2024

तुलसीपुर । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका–२, बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
शीतगंगा नगरपालिका–८, बडिदमार भन्ने स्थानमा शनिबार अपराह्न साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा उनी नदीमा डुबेर बेपत्ता भएका थिए । उनको शव ५० मिटर तल फेलापरेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)