कमला झोलुङ्गे पुलले जोड्यो दुई जिल्ला, ६० किलोमिटर दूरी घट्दा स्थानीय अर्थतन्त्र चलायमान हुने अपेक्षा
aarthiknews.com

धनुषा । सिरहाको सिरहा नगरपालिका–१९ का मुगालाल यादव ९२ वर्षका भए । उनले बाल्यकालदेखि नै कमला नदीमाथि पुल बन्छ भनेर सुन्दै आएका थियो तर यतिका वर्षसम्म पनि मोटर गुड्ने पक्की पुल बनेको छैन । त्यही छेउमा अहिले भने झोलुङ्गे पुल बनेको छ ।