मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उद्योगीहरुले लगानी विस्तार गरेमात्र मधेस प्रदेश समृद्ध बन्छ : मुख्यमन्त्री राउत

ratopati.com

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योगीहरुले लगानी विस्तार गरेको खण्डमा मात्रै मधेस प्रदेश समृद्ध र विकसित बन्न सक्ने बताएका छन् ।

मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको ‘औधोगिक सम्मेलन’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मधेस प्रदेशमा लगानी गर्ने व्यक्तिलाई कुनै किसिमले हतोत्साहित गर्ने, अप्ठ्यारोमा पार्ने काम गर्न नहुने टिप्पणी गरेका छन् । ‘उद्योगीहरुबाट आएका सल्लाह र सुझावहरूलाई आउने दिनमा प्रदेश सरकारले सहज र सकरात्मक रुपमा लिनेछ, हामी त्यसलाई कसरी उद्योगीहरुको हितमा काम गर्ने पहलकदमी शुरु गर्दैछौ’ मुख्यमन्त्री राउतले भने ‘जग्गाको स्वामित्व प्राप्तिको सम्वन्धमा,वा चाहे अन्य संघिय सरकारबाट पाउनुपर्ने सहयोगको सवालमा प्रदेश सरकार अगाडी बढेर उद्योगीहरुका समस्या समाधान गर्नेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)