मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आर्थिक नगरीमा संघीय मामिला मन्त्रीलाई भव्य स्वागत

rajdhanidaily.com · Tue Jul 23 23:42:12 UTC 2024

वीरगन्ज । आर्थिक नगरीमा अर्थ मन्त्रीलाई भव्य स्वागत हुने कुरा अन्यथा होइन । सम्बन्धित क्षेत्रमा सम्बन्धित मन्त्रीको रौनक नै बेग्लै हुन्छ । तर आर्थिक नगरीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई नै भव्य स्वागत गरियो भन्दा अलि अनौठो लाग्न सक्छ । मंगलबार नेपालको आर्थिक नगरी ‘वीरगन्ज’मा यस्तै दृष्य देखिएको छ । ८ दिन अगाडी मात्र मन्त्रीमा नियुक्त नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई आर्थिक नगरीमा पनि मंगलबार भव्य स्वागत गरिएको छ ।

२०४६ साल यता एमाले पार्टी तर्फबाट सरकारको फूल क्याविनेट मन्त्री बन्ने उनी पर्साको सन्दर्भमा तेस्रो व्यक्ति हुन् । यो भन्दा अगाडी एमालेको तर्फबाट मन्त्री बनाइएका उर्मिला अर्याल र नागेन्द्र प्रसाद चौधरी दुवैजना अहिले एमाले पार्टीमा छैनन् । उर्मिला माओवादी केन्द्र र चौधरी माधव नेपालले नेतृत्व गरेको नेकपा समाजवादी पार्टीमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)