मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जेठ २२ गतेदेखि एभरेष्ट कलरले आईपीओ निष्कासन गर्दै

arthasansar.com

एभरेष्ट कलर लिमिटेडले यही जेठ २२ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बाँडफाँट पछि अब सर्वसाधारणमा आईपीओ जारी गर्ने हो ।

यस कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले कुल ७ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने ७९ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)