मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षाका कारण बिपी राजमार्गमा आवागमन बन्द

barnanmedia.com · Mon May 04 21:58:57 GMT 2026

वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि आवागमन बन्द गराएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सडकखण्डमा आवागमन बन्द गराएको हो । वर्षाका कारण रोशी खोलामा ठुलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने उद्देश्यले सोमबार साँझ ५ः०० बजेदेखि आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)