उपनिर्वाचनको मैझारो : माओवादीलाई ‘बोनस’, राप्रपा र रास्वपालाई झट्का !
ratopati.com · Mon Dec 02 17:44:00 GMT 2024

काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सोमबार अबेर सार्वजनिक अन्तिम मत परिणामसँगै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र नतिजाबाट उत्साहित देखिएको छ भने पहिलो पटक स्थानीय तह उपनिर्वाचनमा सहभागी भएको प्रतिनिधिसभाको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जादु चल्न सकेन ।
प्रतिपक्षमै रहेको रास्वपाले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा विजय हासिल गर्नुबाहेक अन्य स्थानमा प्रभावशाली उपस्थिति देखाउन नसकेको हो । यस्तै संसदको पाँचौ ठुलो पार्टी राप्रपाले त लज्जास्पद नतिजा ल्यायो । राप्रपाले चुनावअघि सानदार नतिजा ल्याउने दाबी गरेपनि मत परिणामबाट उक्त पार्टीको हैसियत सहभागितामै सीमित बनेको हो । राप्रपा र रास्वपाका उम्मेदवारको कैयन ठाउँमा जमानत नै जफत भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)