‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्ट पुस १० गते
baahrakhari.com · Mon Dec 02 18:08:29 GMT 2024

काठमाडौं । ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमलाई नेपालमा कन्सर्ट गराउने भएको छ । दिपल कन्सर्टमा मुख्य प्रायोजक हुने भएको हो । कन्सर्ट २५ डिसेम्बर (पुस १० गते) हुनेछ ।
कन्सर्ट नेपाली टच इभेन्ट्सले हायात ग्राउन्डमा आयोजना गर्न लागेको हो । कार्यक्रमका लागि एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले एमओयूमा हस्ताक्षर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)