मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्दिर निर्माण गर्न ‘विराट ज्ञान महायज्ञ’ मार्फत एक करोड सङ्कलन

ratopati.com · Mon May 04 23:14:35 GMT 2026

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा पञ्चकन्या मन्दिर निर्माणका लागि सञ्चालन गरिएको ‘विराट ज्ञान महायज्ञ तथा पौवादुङमा सांस्कृतिक महोत्सव–२०८३’मार्फत रु एक करोड सात हजार सङ्कलन भएको छ ।

यही वैशाख ९ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको उक्त धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयव्यय सोमबार सार्वजनिक गरिएको हो । ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक सन्तोष कोइरालाका अनुसार सङ्कलित रकममध्ये रु २४ लाख ३८ हजार खर्च भएको छ । खर्च मुख्यतः व्यवस्थापन, धार्मिक अनुष्ठान सञ्चालन, अतिथि सत्कार, मञ्च व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)