तीन हजार १९० हेक्टर वन क्षेत्र अतिक्रमण
ratopati.com · Mon May 04 23:33:54 GMT 2026

रौतहट । रौतहटमा हालसम्म तीन हजार १९० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ । अतिक्रमणको चपेटामा परेकोमध्ये एक हजार ४२५ हेक्टर चुरेक्षेत्र तथा एक हजार ७४६ हेक्टर भावर तथा तराई क्षेत्र रहेको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहका अनुसार व्यवस्थित वनको एक हजार ३२८ हेक्टर, सामुदायिक वनको ७५४, साझेदारी वनको ९०५ हेक्टर र सागरनाथ वृक्षारोपण क्षेत्रको २०१ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)