मेक्सिकोमा सशस्त्र हमलामा १९ जना मारिए
baahrakhari.com · Mon Mar 28 17:15:00 GMT 2022
मेक्सिको सिटी । पश्चिमी मेक्सिकोको मिचोआकान राज्यमा भएको सशस्त्र आक्रमणमा कम्तीमा १९ जनाले ज्यान गुमाएका छन् । स्थानीय सञ्चार माध्यमकाअनुसार लास टिन्जासस्थित समुदायमा सञ्चालित एक अवैध 'कुखुरको भाले जुधाइ' थलोमा अचानक प्रवेश गरेका बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाएका थिए ।
आक्रमणको उद्देश्य स्पष्ट हुन सकेको छैन । तर सो क्षेत्रमा थुप्रै अपराधिक समूहहरू सञ्चालित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)