मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इटालियन सिरी’ए :  रोमालाई हराउँदै एटलान्टा दोस्रो स्थानमा

ratopati.com · Mon Dec 02 22:03:00 GMT 2024

काठमाडौं । इटालियन सिरी’एमा एटलान्टा विजयी भएको छ । सोमबार राती रोमाको घरेलु मैदानमा भएको खेलमा एटलान्टा २-० गोल अन्तरले विजयी भएको हो ।

एटलान्टालाई विजयी गराउन निकोलस जानीओलो र मार्टिन डी रुनले एक-एक गोल गरे । जितसँगै एटलान्टा केही समयलाई अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने रोमा तालिकाको १५ औं स्थानमा पुगेको छ । दोस्रो स्थानको एटलान्टाको ३१ अंक हुँदा शीर्ष स्थानको नापोलीको ३२ अंक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)