अकबरे खुर्सानी बेचेर ६ महिनामै १० लाख आम्दानी
deshsanchar.com · Mon Sep 30 17:09:24 UTC 2024

ढोरपाटन (बागलुङ) – बागलुङको गलकोट नगरपालिका–२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे। बसाइँसराइ गरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे खुर्सानीको खेतीमा लागेका छन्।
पाँच वर्षअगाडि गाउँ फर्किएर सुरुमा कुखुरापालन गर्नुभएका कार्की व्यवसाय राम्रो नभएपछि बाख्रापालनमा लागेका थिए। उनी बाख्रापालनसँगै गत वैशाखदेखि अकबरेखेतीमा लागेका हुन्। कार्कीले अकबरेखेतीमा राम्रो आम्दानी देखेपछि अहिले यसको खेतीतर्फ जोड दिएका छन्। वैशाखमा लगाएका अकबरेका बिरुवाले अहिले फल दिएपछि कार्कीको खुर्सानीबारी राताम्यै बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)