मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फोक्सिङटार पुल : १० वर्षपछि बन्यो, दुई वर्ष नपुग्दै बाढीले बगायो

ratopati.com · Mon Sep 30 18:13:00 UTC 2024

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा निर्माण गरिएको मोटरेवल पक्की पुल विसं २०७९ पुसमा सञ्चालनमा ल्याइएको थियो । विसं २०६९ चैत २३ गते सम्झौता भई १० वर्षपछि विसं २०७३ चैत २२ गते निर्माण सम्पन्न भएको थियो ।

खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारमा निर्माण भएको उक्त पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै शनिबार आएको बाढीले बगाएको छ । खोटाङका नागरिकको दैनिकीसँग जोडिएको उक्त पुल बाढीले बगाएपछि पूर्वी तराईका जिल्लासँगको सिधा यातायात सेवा विच्छेद भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)