बाजुरा–हुम्ला सीमा विवाद : लाम्पाटा क्षेत्रमा सुरक्षाकर्मी परिचालन
onlinekhabar.com · Sun May 24 02:51:37 GMT 2026

१० जेठ, धनगढी । बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटामा सीमा विवादको विषयलाई लिएर कुटपिट को घटना भएपछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीयको समूहले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङसहितका पाँच जनामाथि कुटपिट गरेको थियो । ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान लिएर पुगेको धनगढीका मेयर गोपाल हमाल नेतृत्वको टोली उनीहरुको अवरोधका कारण साइपाल बेसक्याम्प नपुग्दै फर्किएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)