भारतको तेलंगाना राज्यमा ‘लु’ का कारण १६ जनाको मृत्यु, मृतकका परिवारलाई राहत घोषणा
nepalviews.com · Sun May 24 03:01:10 GMT 2026

काठमाडौँ । भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी र तातो हावाको लहर (लु) को चपेटमा परेर १६ जनाको मृत्यु भएको छ। राज्य सरकारले ‘हिटवेभ’ बाट ज्यान गुमाउने प्रत्येक व्यक्तिका परिवारलाई ४ लाख भारतीय रुपैयाँ राहत स्वरूप उपलब्ध गराउने घोषणा गरेको छ।
राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले शनिबार अधिकारीहरूसँग ‘हिटवेभ’ ले सिर्जना गरेको परिस्थितिबारे समीक्षा बैठक गरेपछि यसको पुष्टि गरेका हुन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री रेड्डीले जिल्ला प्रमुख (कलेक्टर) हरूबाट प्राप्त प्रतिवेदनका आधारमा मृतकहरूको तथ्याङ्क सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)