मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
gorkhapatraonline.com · Fri Jun 05 12:37:55 GMT 2026

सप्तरीको विष्णुपुर गाउँपालिकामा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा ५ कट्टीस्थित सडकमा भएको दुर्घट्नामा राजविराज नगरपालिका वडा १२ सिंगियौन का २३ वर्षीय छोटेलाल यादवको मृत्यु भएको हो ।
कट्टीस्थित सडकमा भारतीय नम्बर प्लेटको बीआर ५०–०६२८८ नम्बरको मोटरसाइकल र ना २२ प ३२८५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)