मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनको कोइला खानीमा विस्फोट : ९० जनाको मृत्यु

barnanmedia.com · Sun May 24 02:59:22 GMT 2026

China मा रहेको एक कोइला खानीमा भएको भीषण विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार खानीभित्र अचानक विस्फोट भएपछि ठूलो संख्यामा कामदार फसेका थिए । उद्धार टोलीले केहीलाई बाहिर निकाल्न सफल भए पनि धेरैको ज्यान जोगाउन नसकिएको बताइएको छ ।

घटनापछि खानी क्षेत्रमा उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ भने विस्फोटको कारणबारे अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुमानअनुसार सुरक्षा मापदण्डको कमजोरी वा ग्यास लिकेज कारण हुन सक्ने आशंका गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)