प्रधानमन्त्रीलाई रुलिङ गर्न नसकेका सभामुखले आफूविरुद्धको शब्दमा रुलिङ, भीमार्जुन भन्छन्– सांसदले सुन्नु हुन्न भन्न पाउँछ
shilapatra.com · Wed Jul 08 08:17:00 GMT 2026

नेकपा एमालेका सांसद राजेन्द्र राईले ‘कान सुन्नु हुन्न ?’ भन्ने प्रश्न संसदको रेडर्कबाट हटाउन आवश्यक नभएको संविधानविद् भीमार्जुन आचार्यले बताएका छन् । शिलापत्र सँग कुरा गर्दै आचार्यले भने, ‘सांसदले सभामुखलाई 'देख्नु हुन्न ? सुन्नु हुन्न ?' भन्न पाउँछ ।’
पछिल्लो समयमा सभामुखले सत्तापक्षका गम्भीर कुरामा मौनता र विपक्षीका ससाना कुरामा सेन्सर गर्न खोजेको आचार्यले बताए । ‘देश र जनताको रक्षा गर्न संविधान बनेको हुन्छ र त्यही संविधानको मर्मविपरीत देशको भूमि विदेशको हो भन्नु अन्त्यन्तै आपत्तिजनक थियो’, आचार्यले भने, ‘प्रधानमन्त्रीको त्यो अभिव्यक्ति नहटाएर सभामुखले त्यसो भन्नुमा आफ्नो पनि समर्थन रहेको जस्तो सन्देश दिनुभयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)