मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय शोक घोषणादेखि तत्काल राहत र उद्धारका लागि यस्ता छन आर्थिक प्याकेज : मन्त्रिपरिषद

barnanmedia.com · Mon Sep 30 21:49:41 UTC 2024

सरकारले देशभर आएको बाढीपहिरोबाट प्रभावित जनताको तत्काल राहत तथा उद्धारका लागि विपद व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिएर सोमवार स्वदेश फर्कनुभएलगत्तै मन्त्रिपरिषद बैठक बसेको हो । बिपदको घटनाबाट ठूलो जनधनको क्षती पुगेको जानकारी पाउन साथ प्रधानमन्त्री ओलीले अमेरिकाबाटै स्वदेश फर्किए लगत्तै मन्त्रिपरिषद बोलाउनु भएको थियो । सोही अनुसार स्वदेशमा आएलगत्तै मन्त्रिपरिषद बैठक बसेर बिशेष निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)