टिजर-ट्रेलरले बढायो ‘गौँथली’ को क्रेज, युट्युब ट्रेन्डिङमा दोस्रो स्थान
kalakarmi.com · Wed Jul 08 08:29:36 GMT 2026

काठमाडौं- साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गौँथली’ विस्तारै प्रतिक्षित बन्दै गएको छ । टिजर र ट्रेलरले हाइप बढाउँदै जाँदा सिनेमा प्रतिक्षित बन्दै गएको हो । चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्नुले फिल्म हेर्न दर्शक प्रतिक्षित रहेको देखाउँछ । अहिले सिनेमाको ट्रेलर नेपालमा सिनेमातर्फको ट्रेन्डिङ चार्टको दोस्रो स्थानमा रहेको छ ।
यो फिल्ममा अटिजम भएको युवकको भूमिकामा रहेका अरुण क्षेत्री र उनको अपोजिटमा रहेकी सिम्रन खड्को अभिनयको धेरै तारिफ भइरहेको छ । यससँगै उनीहरूले प्रचारका क्रममा गरेको मेहनतलाई दर्शकले तारिफ गरिरहेका छन् । अटिजमबाट पीडित युवकसँग भर्खरै विवाह गरेकी दुलहीले झेलिरहेको समस्या, उनले पढ्नका लागि गरेको संघर्ष, परम्परागत मान्यता र विश्वासमा अडिरहेको सोच र त्यसले भत्काइरहेको सुन्दर सपनाको प्रस्तुतिलाई दर्शकले मन पराइहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)