घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कुनकाे भाउ कति ?
barnanmedia.com · Mon Sep 30 21:53:23 UTC 2024

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समिति बैठकले सोमबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलीयम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)