नतिजा आउनासाथ त्रिविको वेबसाइट डाउन
barnanmedia.com · Mon Sep 30 21:55:40 UTC 2024

त्रिभुवन विश्वविद्यालयको वेबसाइट डाउन भएको छ । सोमबार बेलुका ६ बजे बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित भएसँगै विश्वविद्यालयको वेबसाइट डाउन भएको हो ।
२०८० साल असोजमा लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको सूचना सामाजिक सञ्जालमा आउनासाथ त्रिविको साइट नै डाउन भएको बताइएको छ । एउटा पीडा नतिजा समयमै सार्वजनिक नहुनुमा थियो, त्यसैमा साइट नै डाउन भएपछि विद्यार्थीमाथि अर्को पीडा थपिएको छ । “यो अहिले मात्र भएको होइन,” एक फेसबुक पेज सञ्चालक भन्छन्, “हामीले सूचना राख्नासाथ वेबसाइट डाउन हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)