मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपीडितलाई आवास

annapurnapost.com · Sun Jan 02 06:15:00 GMT 2022

गुलरिया : बर्दियाको गुलरिया नगरपालिका–४ रामपुर टप्परकी रूपकला भण्डारी पक्की घर पाउने भएपछि खुसी भएकी छन्। बबईको बाढीबाट ७ वर्षअघि घरखेत गुमाएकी थिइन्। यतिका वर्षसम्म पटक–पटक सम्पत्ति गुमाएको पीडा पोख्दै आएकी उनी यसपटक घरको जग राख्न पाएको बताइरहँदा निकै हर्षित मुद्रा थिइन्।

२०७१ मा आएको बाढीले टप्पर गाउँका ४१ घरपरिवार घरखेतविहीन बने। ६ जनाले ज्यानसमेत गुमाए। ‘त्यस्ता पीडाहरू शत्रुलाई पनि भोग्न नपरोस्। ४ वर्ष त्रिपालमुनि खुला चउरमा जीवन गुजार्‍यौं,’ बाढीपछिका दिनको दुःख सम्झिँदै भण्डारीले भनिन्, ‘त्यसपछि सरकारले दिएको ५० हजार रुपैयाँबाट उधारोमा साहुसँग जमिन लियौं। आफ्नै जमिनमा त्यसपछिका ४ वर्ष टिनको छानामुनि ज्यान बचाउँदा धेरै समस्याको अनुभव पायौं।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)