बीपी–नेहरू उचारचढाव
gorkhapatraonline.com · Thu Jul 21 04:38:53 GMT 2022
बीपी कोइराला नेपाली राजनीतिमा अग्लो कद भएको राजनीतिज्ञ हुनुहुन्थ्यो । बीपीकै समकक्षीका हिसाबले भारतमा यस्तो अग्लो कदको राजनीतिज्ञका रूपमा जवाहरलाल नेहरूलाई लिइन्छ । बीपी महात्मा गान्धीबाट प्रभावित हुनुहुन्थ्यो तर राजनीतिक जीवनमा भने नेहरूसित बढी उठबस थियो । लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानका कारण नेपालमा बीपी र भारतमा नेहरूलाई उच्च स्थानमा राख्ने गरिन्छ । राणाशासन अन्त्यको उद्घोष गर्दै २००३ सालमा भारतीय भूमिमा नै नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी कार्यवाहक सभापति हुँदा बीपी ३२ वर्षको हुनुहुन्थ्यो । बीपीका मित्र नेहरू भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष हुँदा ४० पुग्नुभएको थियो । २००७ सालमा मोहनशमशेर नेतृत्वको सरकारमा कांग्रेसको नेतृत्व गर्दै गृहमन्त्री हुँदा बीपी ३६ वर्षको हुनुहुन्थ्यो । नेहरू १९४७ मा भारत स्वतन्त्र भएपछि गान्धीको उत्तराधिकारीका रूपमा भारतको पहिलो प्रधानमन्त्री हुँदा ४७ वर्षको हुनुहुन्थ्यो । २०१६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले
बहुमत ल्याएर प्रधानमन्त्री हुँदा बीपी ४५ वर्ष
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)