मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोले खानेपानी पाइपमा क्षति पुर्‍याउँदा पानी वितरण प्रभावित

ratopati.com · Mon Sep 30 23:03:00 UTC 2024

तनहुँ । बिहीबार रातिदेखि परेको अविरल वर्षाले व्यास नगरपालिका–१ स्थित भादगाउँ खिरखादी खानेपानी आयोजनाअन्तर्गत मुहानमा मुख्य पाइपमा क्षति पुगेको छ । निरन्तरको वर्षापछि आएको बाढीले व्यास–१३ जब्दारीस्थित मुहान नजिकको मुख्य पाइपलाइनमा क्षति पुगेपछि पानी वितरण प्रभावित भएको हो ।

पाइपलाइन मर्मत भइरहेकाले केही दिन पानी वितरणमा समस्या आउने खानेपानी उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले बताए । उनले भने, 'वर्षाका बेला यसअघि पनि यहाँ बाढीपहिरोको समस्या थियो । मुख्य पाइपमा ठूलो क्षति पुगेकाले अझै केही दिन पानी वितरण गर्न सकिँदैन ।'

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)