मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी र वाग्मतीमा बुधबार पनि वर्षाको सम्भावना 

ekantipur.com · Mon Sep 30 23:19:45 UTC 2024

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार बुधबार कोशी र वाग्मती प्रदेशका एक/दुई स्थानमा पुनः भारी वर्षा हुने सम्भावना रहेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेपछि बौरिँदै गरेको वाग्मती र कोशी प्रदेशमा बुधबार पुनः भारी वर्षाको सम्भावना देखिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले कोशी र वाग्मतीको कुन स्थानमा भारी वर्षा हुन सक्छ भन्नेबारे भने आफ्नो तीनदिने मौसम बुलेटिनमा केही खुलाएको छैन । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार गजुरेलले बुधबार दिउँसो र राति कोशी र वाग्मतीका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)