विद्यालयमा आकर्षण बढाउन ५ सय बालबालिकालाई शैक्षिक सामग्री
rajdhanidaily.com · Mon Sep 30 23:19:13 UTC 2024

राजविराज । बालबालिकालाई विद्यालयसम्म पहुँच पु¥याउन, शिक्षा तर्फ आकर्षित गराउन तथा विद्यालयमा निरन्तर उपस्थितिका लागि प्रोत्साहन गर्ने उद्देश्यले राजविराज गाउँपालिकाका एक विद्यालयमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
सो गाउँपालिका ४ बेल्ही चेपना स्थित श्री जनता माध्यमिक विद्यालयमा सोमवार एक कार्यक्रमको आयोजना गरी ५ सय जना बालबालिकालाई स्कूल ब्याग, काँपी, पेन्सिल, ईरेजर, कटर, टाई बेल्ट लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा ४ सय बालबालिकालाई चार सय दरले छात्रवृति रकम समेत वितरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)