दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत
deshsanchar.com · Thu Jul 03 17:15:31 GMT 2025

कैलाली – धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानीमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आएकी छन्। ६ वर्षदेखि ‘सानीडाँडा फूलबारी दुनाटपरी उद्योग’ दर्ता गरी रु आठ लाख लगानीमा उनले व्यवसाय गर्दै आएकी हुन्।
सुरुमा सामुहिक लगानीमा उद्योग सञ्चालन गरे पनि अहिले व्यक्तिगत लगानीमा व्यवसाय सुरु गरेको मगरले बताइन्। उनले भनिन्, “अनुदानसहित रु एक लाख ५० हजार लगानीमा गाउँका २० जना महिलासँगको साझेदारीमा उद्योग सञ्चालन गरेका थियौँ। पछि काम सिक्दै गएँ, अहिले एक्लैले व्यवसाय गर्दै आएकी छु।”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)