पर्यटकीय क्षेत्र हात्तीढुङ्गामा थपिँदै पूर्वाधार
ratopati.com · Thu Jul 03 17:24:00 GMT 2025

बागलुङ। बागलुङको जैमिनी नगरपालिकाले पर्यटकीय क्षेत्र हात्तीढुङ्गाको प्रवद्र्धन गर्न थालेको छ । एक दशक अगाडिसम्म गुमनाम रहेको हात्तीढुङ्गामा पछिल्लो समय धार्मिक पर्यटकको आकर्षण बढ्दै गएपछि नगरपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ ।
जैमिनी–९ पैयुँथन्थापमा पर्ने उक्त हात्तीढुङ्गाका स्थानीय बुढापाकाका अनुसार विसं २००६ तिर फेला परेको थियो । ठुलो ढुङ्गामा हात्तीको जस्तो सुँड छ । उक्त ढुङ्गालाई विसं २०१२ देखि गाउँलेले गणेशको रूपमा पूजा गर्दै आए पनि बाहिरबाट खास्सै भक्तजन जाँदैनथे । अहिले प्रचारप्रसार हुन थालेपछि जैमिनी र आसपासका क्षेत्रबाट पर्यटक पुग्ने गरेका छन् । नगरपालिकाले हात्तीढुङ्गा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएको छ । यस वर्ष पनि संघीय सहरी विकास मन्त्रालयबाट विनियोजित रु एक करोड लागतमा सडक लगायतका पूर्वाधार निर्माण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)