फाइभ 'ए' साइड हक्की हुँदै
baahrakhari.com · Thu Jul 03 17:36:29 GMT 2025
काठमाडौं । नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय महिला फाइभ 'ए' साइड हक्की प्रतियोगिता हुने भएको छ । यो नेपालमा आयोजना हुने पहिलो ‘फाइभ ए साइड’ प्रणालीको हक्की प्रतियोगिता हो ।
आयोजक नेपाल हक्की संघका अनुसार, प्रतियोगिता भक्तपुरको नयाँथिमीस्थित मिड भ्याली कलेजको फुटसलमा आयोजना हुनेछ । प्रतियोगितामा कोसी, मधेस, वाग्मती, गण्डकी, सुदूरपश्चिम प्रदेश र नेपाल आर्मी क्लब गरी ६ टोलीले सहभगिता जनाउने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)