मेलम्ची नदीमा जल सतह बढ्न सक्ने: सतर्क रहन विभागकाे आग्रह
ratopati.com · Thu Jul 03 17:55:00 GMT 2025

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा पछिल्लो केही घण्टादेखि भइरहेको वर्षाका कारण मेलम्ची नदीमा जल सतह बढ्न सक्ने र पहिरोको जोखिम रहन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
विभागले बिहीबार राति ११ः२० एक सूचना जारी गर्दै पछिल्लो ३ घण्टामा मानेखर्क, गोब्रे, नुरपु गाउँ, गुम्थाङ तथा आसपासका क्षेत्रमा हल्का देखि मध्यम वर्षा मापन गरिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)