मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उपत्यकाकाे फाेहाेर शुक्रबारदेखि उठाइने

nayapatrikadaily.com · Thu Aug 11 17:05:00 GMT 2022

लामो समयदेखि काठमाडौं उपत्यकाको सडकमा थुप्रिएको फोहोर शुक्रबारदेखि उठ्ने भएको छ । बिहीबार बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख बालेन्द्र शाहले शुक्रबारदेखि फोहोर उठ्ने जानकारी दिएका हुन् ।

बैठकमा कार्यपालिका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रमुख शाहले २३ साउन राति फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन तोडफोड भएकाले फोहोर नउठेको भन्दै शुक्रबारदेखि उठ्ने बताए । ‘फोहोर व्यवस्थापनको गाडीमा तोडफोड भएका कारण हिजो र अस्ति फोहोर गएन । त्योभन्दा अगाडि दुईदेखि तीन सय टनसम्म फोहोर गएको छ,’ साहले भने, ‘सिसडोलमा दुई सय मिटर ट्र्याक बन्दै छ । सहरी विकास मन्त्रालयले भनेअनुसार हामीले आठ दिन फोहोर रोक्यौँ । तैपनि बाटो बनेन । बर्खा र फोहोरमाथिको बाटो भएका कारण बाटो बनाउन पनि अप्ठ्यारो छ । मन्त्रालयले १० दिनभित्र बाटो बन्छ, अहिले एकतर्फी चलाउन भनेको छ । शुक्रबारदेखि फोहोर लान सकिन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)