टोटनहम शीर्षसँगको दूरी घटाउँदै
ekantipur.com · Sun Oct 16 00:44:13 GMT 2022
लन्डन — ह्यारी केनले आफ्नो क्लबका लागि चार सयौं खेलमा गोल गरेपछि टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनलाई २–० ले हराएको छ । यो जितपछि एन्टोनियो कोन्टेको टिमले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी छोट्याएको छ ।
केनले ५९ औं मिनेटमा पेनाल्टीबाट गोल गरे । त्यसपछि दोस्रो गोल पिएरे इमिले होजबर्गले ८६ औं मिनेटमा गरे । टोटनहममको १० खेलबाट २३ अंक भएको छ र तेस्रो स्थानमा छ । शीर्षमा आर्सनलको नौ खेलबाट २४ अंक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)