सादगी नेता बोगटीलाई किन लाग्यो भ्रष्टाचार मुद्दा ?
ratopati.com · Sun Dec 07 17:36:42 GMT 2025

काठमाडौँ । पोखरा अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थल अनियमितता प्रकरणमा पूर्वमन्त्री दिवंगत पोष्टबहादुर बोगटीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ ५० पैसा विगो दावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
तत्कालीन माओवादीभित्र सादगी नेताको छबि बनाएका दिवंगत बोगटीको सम्पत्तिको नाममा गाउँमा सानो टुक्रा जमिन मात्रै बाँकी छ । पार्टी राजनीतिमा लाग्दा आफ्नो भएको जग्गा जमिन विदुर ७ तुप्चेमा रहेको चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई दान गरेका तिनै बोगटीमाथि अनियमितता गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको छ । अख्तियारले बोगटी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हुदाँ सार्वजनिक खरिद ऐन २०६३ बमोजिम बाध्यकारी कानुनलाई नजरअन्दाज गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयको रायलाई नहेरी २०६९ माघ १५ को सञ्चालक समितिको २६९ ओँ बैठकले सार्वजनिक खरिद ऐन २०६३ एवं सार्वजनिक खरिद नियमावली २०६३ विपरीत हुने गरी वार्ताको प्स्ताव स्वीकार गरी स्वीकृतिका लागि मन्त्रालय पठाउने निर्णय गरेको अभियोग लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)