पहिलो हाफमा नर्वेको अग्रता: हालान्डको दुई गोल
ratopati.com · Tue Jun 16 23:13:18 GMT 2026

बोस्टन । विश्वकप २०२६ को समूह ‘आई’ अन्तर्गत बोस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफमा नर्वेले इराकविरुद्ध २-१ को अग्रता लिएको छ।
नर्वेका लागि स्टार स्ट्राइकर अर्लिङ हालान्डले सानदार प्रदर्शन गर्दै दुई गोल गरेका छन्। उनले खेलको २९औँ र ४३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।
इराकका लागि आयमेन हुसेनले ३९औँ मिनेटमा एक गोल फर्काएका थिए। नर्वेका डेभिड मुलर वोल्फले हालान्डको पहिलो गोलका लागि पास उपलब्ध गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)