मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बोइङ लिलाम भइसकेपछि भेटियो इन्जिन

ekantipur.com · Sun Sep 12 00:26:12 GMT 2021

काठमाडौँ — राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आफ्नो सेवामा भएको अन्तिम बोइङ लिलाम गरिसकेपछि इन्जिन भेटिएको छ । एउटा इन्जिन रहस्यपूर्ण रूपमा स्पेनको म्याड्रिडमा राखेर जहाज काठमाडौंबाट लिलाम गरिएको थियो । सिंगो जहाज जम्मा ६७ करोडमा लिलाम गर्ने टुंगो लागेपछि इन्जिनसहित ४५ करोडका पार्टपुर्जा भेटिएका छन् । तर, यस विषयमा अनुसन्धान भएको छैन ।

राष्ट्रिय ध्वजावाहक निगमका दुई बोइङले पूर्व ओशाकादेखि र पश्चिम फ्र्यांकफर्ट र लन्डनसम्म सेवा दिएका थिए । तर, निगमले फ्रेन्च कम्पनीका चार एयरबस ल्याएपछि अमेरिकी कम्पनी बोइङका पुराना जहाज विस्थापित गर्ने नीति लिएको थियो । जहाज पुराना भएकाले दोब्बर इन्धन खपत हुने, बारम्बार बिग्रिरहने, मर्मत खर्च उच्च हुने, प्रविधि पनि पुरानो भएकाले समस्या भएको भन्दै निगमले ३० वर्ष पुराना बोइङ हटाउन खोजेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)