सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे
barnanmedia.com · Tue Jun 16 23:13:55 GMT 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधार विकास र यातायात क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर सरकारले आगामी वर्षको बजेट विनियोजन गरेको बताएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले आज यहाँ आयोजना गरेको ट्राफिक व्यवस्थापनसम्बन्धी प्रादेशिक समीक्षा गोष्ठी उद्घाटन गर्दै उनले सरकारको कुल रु ३२ अर्ब ९९ करोडको बजेटमा सडक पूर्वाधार तथा यातायात क्षेत्रका लागि मात्रै रु ११ अर्ब ९६ करोड विनियोजन गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
सुरेन्द्र पाण्डे